एयरपोर्ट र ठमेलका दुई फर्मलाई जनही २ लाख ५ हजार जरिवाना
काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँका दुईवटा फर्मलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेस्ट सपिङ सेन्टर (ठमेल) लाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो।
यस्तै कान्तिपुर क्याफे (एयरपोर्ट) लाई पनि दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ।
हेभन ह्याण्डिक्राफ्ट २६ ठमेल र गुडलक ट्रेकिङ सप (ठमेल) लाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया