यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध
काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाएको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हालको क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। अब यूएईका नागरिकहरूले यी तीन देशको यात्रा गर्न पाउने छैनन्।
त्यसैगरी, यी तीन देशमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल स्वदेश फर्किन पनि यूएई सरकारले आग्रह गरेको छ।
सरकारी विवरणअनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको हो। यूएईले स्थिति निरन्तर निगरानी गरिरहेको र आवश्यक परे थप निर्देशन जारी गर्ने जनाएको छ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया