आगामी बजेट तयारीमा तीव्रता
काठमाडौँ- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी अन्तर्गत मन्त्रालयगत बजेट छलफल सुरु गरेको छ । सोमबार नौवटा विषयगत मन्त्रालयहरुसँग आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल भएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ ।
गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेटसम्बन्धी छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेको नेतृत्वमा आयोजित छलफलमा अर्थ तथा राजस्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्य, बजेट तथा कार्यक्रम महाशाखा प्रमुखलगायत सम्बन्धित शाखा प्रमुखहरू सहभागी थिए ।
जसमा सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा जिम्मेवार अधिकारीहरूसँग आगामी बजेटको खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट तथा स्रोत व्यवस्थापनका विषयमा छलफल गरिएको थियो । बाँकी मन्त्रालयहरूसँगको बजेट छलफल मङ्गलबार हुने जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया