भन्सार विभागद्वारा ‘टिआइभी डिक्लेरेसन’ पोर्टल सञ्चालन
काठमाडौं- भन्सार विभागले व्यापार सहजीकरणलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल राष्ट्रिय एकल द्वार प्रणाली अन्तर्गत टिआइभी डिक्लेरेसन पोर्टल कार्यान्वयनमा ल्याएको छ।
विभागको सूचना प्रविधि प्रणाली विकास शाखाले एक सूचना जारी गर्दै उक्त नयाँ पोर्टल सञ्चालनमा आएको जानकारी दिएको हो।
भन्सार विभागको मिति २०८३/०१/१७ गतेको निर्णय अनुसार यो प्रणाली लागू गरिएको हो। यसअघि परम्परागत रूपमा गरिँदै आएका कार्यहरूलाई अब डिजिटल माध्यमबाट छिटो र छरितो बनाउन यो पोर्टलले सहयोग पुऱ्याउने विश्वास लिइएको छ। यो व्यवस्थासँगै अब सरोकारवालाहरूले टिआइभी सम्बन्धी घोषणाहरू उक्त पोर्टलमार्फत अनलाइनबाटै गर्न सक्नेछन्।
नयाँ व्यवस्था अनुसार सेवाग्राहीले टिआइभी डिक्लेरेसनका साथै त्यसबापतको भुक्तानी पनि म्यानुअल वा ई-पेमेन्ट दुवै प्रक्रियाबाट गर्न सक्ने सुविधा मिलाइएको छ।
विभागले सबै भन्सार कार्यालयहरू र तोकिएका मातहतका निकायहरूलाई यो प्रणाली नियमित रूपमा सञ्चालन गर्न निर्देशन समेत दिएको छ।
सेवाग्राहीको सहजताका लागि विभागको आधिकारिक वेबसाइट www.customs.gov.np मा टिआइभी मोड्युलको लिङ्क उपलब्ध गराइएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया