NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

रुस र युक्रनेबीच तीन दिने यद्ध विराम भएको ट्रम्पको घोषणा

काठमाडौँ – डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन्।

नाजी जर्मनीमाथि सोभियत संघको विजयको उत्सव मनाउन दुवै पक्षले घोषणा गरेका छुट्टाछुट्टै युद्धविराम उल्लंघन गरेको आरोप एकअर्कालाई लगाएपछि ट्रम्पको यो कदम आएको हो।

अमेरिकी राष्ट्रपतिले भने, “यो युद्धविराममा सबै प्रकारका सैन्य गतिविधिको स्थगन र दुवै देशबाट १,००० कैदीहरूको आदानप्रदान समावेश हुनेछ।”

त्यसको लगत्तै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सहभागिता पुष्टि गरे भने रुसी सरकारी सञ्चार माध्यमले पनि रुस यो प्रस्तावमा सहमत भएको जनाएको छ।

यसअघि दुवै पक्षले एकअर्काले आफ्नो स्थानमा आक्रमण जारी राखेको बताएका थिए र मस्कोका मेयरले रातभर सहरलाई ड्रोनले निशाना बनाएको बताएका थिए।

आफ्नो पोस्टमा ट्रम्पले आफूले व्यक्तिगत रूपमा तीन दिने युद्धविरामको अनुरोध गरेको र “राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसलाई स्वीकार गरेकोमा म धेरै प्रशंसा गर्छु” भनी उल्लेख गरेका छन्।

शनिबारको विजय दिवस समारोहअघि पुटिनले मे ८-९ का लागि युद्धविराम घोषणा गरेका थिए। किभले यसअघि मे ६ देखि सुरु हुने गरी अनिश्चितकालीन युद्धविरामको आह्वान गरेको थियो।

रुसले युक्रेनलाई रेड स्क्वायरमा हुने विजय दिवसको परेडमा आक्रमण नगर्न चेतावनी दिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष