अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो शान्ति प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गरेपछि स्ट्रेट अफ हर्मुजमा थप हिंसा हुने र तेल आपूर्तिमा अवरोध उत्पन्न हुने सम्भावना बढेको छ।यस हप्ता चीनको भ्रमणमा जान लागेका राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणलाई सम्भवतः इरान युद्धको अन्त्यका प्रयासका लागि केन्द्रित गर्ने देखिएको छ।
उनले भने, “मैले भर्खरै इरानका तथाकथित ‘प्रतिनिधिहरू’ को प्रतिक्रिया पढेको छु। मलाई यो मन परेन । यो पूर्ण रूपमा अस्वीकार्य छ।” इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनेका छन्, “हामी शत्रुसामु कहिल्यै झुक्दैनौँ र यदि वार्ता वा संवादको कुरा हुन्छ भने यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन ।”
“अमेरिकी राष्ट्रपति ट्रम्पले यी प्रतिमागहरूलाई तत्काल अस्वीकार गर्नुले दुवै पक्षबीचको फराकिलो खाडललाई दर्साउँछ र यसले तनावलाई तीव्र गतिमा कम गर्नुको सट्टा दीर्घकालीन अनिश्चितताको जोखिमतर्फ लाने संकेत गर्दछ,” जापानी बैंक एमयुएफजीका लोयड चानले भने । “तेल बजारका लागि, यसले निरन्तर भू–राजनीतिक जोखिमको सम्भावनाको संकेत गर्दछ किनकि अब हर्मुजमा अवरोधहरू बढ्दै जानेछन्,” चानले थपे ।
जापनस्थित इन्धन बजार विश्लेषकहरूले भनेका छन्, “अमेरिकी राष्ट्रपतिको भनाइ सार्वजनिक भएसँगै निक्केई ०.४ प्रतिशत र ह्याङ सेङ ०.३४ प्रतिशतले घटेको थियो तर सियोलको कोप्सी चार प्रतिशतले बढेको थियो ।”
टोकियोमा विशाल जापानी गेमिङ कम्पनीले शुक्रबार यस वर्ष कम नाफा कमाउने चेतावनी दिएपछि निन्टेन्डोको सेयरमा लगभग १० प्रतिशतले गिरावट आएको छ ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि तयारी गर्न चीन जानुअघि जापान र दक्षिण कोरिया भ्रमण गर्ने कार्यक्रम रहेको छ । जापानमा बेसेन्टले मङ्गलबार प्रधानमन्त्री साने ताकाइचीलाई भेट्ने तयारी गरेका थिए । टोकियोले येनलाई सहयोग गर्न हालै बजार हस्तक्षेपको रिपोर्ट गरेको छ।
सोलमा उनले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने बताएका छन् ।
‘आर्थिक सुरक्षा राष्ट्रिय सुरक्षा हो,’ बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । वासिङ्टन र बेइजिङले एक वर्षअघि एक अर्काको निर्यातमा व्यापक कर वृद्धि गरेका थिए भने ट्रम्प र सीबीच अक्टोबरमा दक्षिण कोरियामा एक वर्ष लामो व्यापार युद्ध विरामका लागि सहमति भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया