विदेश भ्रमणमा कर लगाउने हल्ला केवल अफवाह हो : प्रधानमन्त्री मोदी
नयाँ दिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमण गर्ने नागरिकमाथि सरकारले सेस वा अतिरिक्त कर लगाउने तयारी गरिरहेको भनी मिडियामा आएका समाचारहरूको खण्डन गरेका छन् ।
प्रधानमन्त्री मोदीले शुक्रबार राति उक्त समाचारको तथ्य जाँचगर्दै सम्बन्धित समाचारको स्क्रिनसट सेयर गरेर ती दाबीहरू पूर्ण रूपमा निराधार भएको स्पष्ट पारेका हुन् । सरकारको सूचीमा यस्तो कुनै योजना नरहेको र यस किसिमका खबरहरू भ्रमपूर्ण भएको उनले प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री मोदी आफैं विदेश भ्रमणमा रहेको समयमा यस्ता रिपोर्टहरूको खण्डन गरेका हुन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यी समाचारहरूलाई पूर्ण रूपमा झुटा भएको दाबी गरे। विदेश भ्रमणमा यस प्रकारको कुनै पनि प्रतिबन्ध वा कर लगाउने प्रश्न नै नउठ्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया