‘धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गरिने’
हैदरावाद । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दक्षिण भारतका राज्यहरूमा युवाको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दे धेरै सन्तान जन्माउनेलाई प्रोत्साहनवरूप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
श्रीकाकुलम जिल्लामा एक कार्यक्रममा बोल्दै नायडुले भने, “तेस्रो बच्चा जन्मिएपछि अभिभावकलाई ३० हजार र चौथो बच्चा जन्ममा ४० हजार भारतीय रूपैयाँ प्रोत्साहन दिइनेछ।”
चन्द्रबाबुले भने, “धेरै मानिसहरुलाई धेरै बच्चा जन्माउनु बोझ हो भन्ने लाग्छ तर यो सत्य होइन ।” दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तमिलनाडुले लामो समयदेखि जनसङ्ख्या नियन्त्रण र यसको परिणामबारे कुनै न कुनै रूपमा आवाज उठाउँदै आएका छन्।
चन्द्रबाबु नायडु र तमिलनाडुका पूर्व मुख्यमन्त्री एमके स्टालिनले विगत केही वर्षदेखि लगातार यस विषयलाई विशेष चासो दिएर पहल गर्न जोड दिनेगरेको पाइन्छ ।
मुख्यमन्त्री नायडुले विगतमा धेरै पटक ‘दक्षिणी राज्यहरूमा युवाहरूको सङ्ख्या बिस्तारै घटिरहेको छ र वृद्धहरूको सङ्ख्या बढिरहेको’ यसलाई सम्बोधन गर्न पहल थाल्न ढिलो हुने बताए । उनले जापान र चीनजस्ता धेरै देश यो समस्यासँग जुधिरहेको पनि बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया