७९ अर्ब ६९ करोड बराबरको विदेशी लगानी प्रस्ताव स्वीकृत भएकोमा जम्मा भित्रियो ११ अर्ब मात्र
काठमाडौं। नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ । महालेखापरीक्षकको कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१-८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो । त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड मात्र भित्रिएको छ । यो स्वीकृत लगानीको १४ प्रतिशत हो ।
सार्वजनिक प्रतिवेदनअनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ । आव २०७९-८० मा स्वीकृत ३२ अर्ब ४८ करोडको प्रस्तावमध्ये नौ अर्ब २० करोड प्राप्त भएको छ । जुन समग्रमा २८ प्रतिशत हो ।
त्यस्तै आव २०८०-८१ मा स्वीकृत भएको लगानीको जम्मा १३ प्रतिशत मात्रै प्राप्त भएको देखिन्छ । सो आवमा ८१ अर्ब ६९ करोडको लगानी स्वीकृत भएकामा १० अर्ब २९ करोड मात्रै प्राप्त भएको थियो । यो तथ्यांकले वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको विवरण फराकिलो हुँदै गएको देखाउँछ ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन र लगानीमैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया