चितवनमा याक चिज
चितवन – यहाँका बजारमा याक चिज उपलब्ध हुन थालेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आफ्ना डेरीमार्टहरुमा यसको उपलब्धता गराएको हो ।
संघका अध्यक्ष किशोर बगालेले संघले आइतबारदेखि याक चिज जिल्लामा उपलब्ध गराउन थालेको जानकारी दिए। दुग्ध विकास संस्थान (डिडिसी)ले उत्पादन र बिक्री वितरण गर्दै आएको सो चिज जिल्लामा ल्याइएको हो ।
संस्थानले उत्पादन गरेका अन्य वस्तुहरूसमेत मार्टबाट बिक्री गर्ने तयारी गरिएको उनले बताए। उनले भने, “याकको चिज अहिले परीक्षणस्वरुप बिक्रीका लागि ल्याएका छौँ । ग्राहकको मागअनुसार यसको आयात बढाइने छ ।” स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि याकको चिजलाई आफूहरूले बिक्री गर्न थालेको उनले बताए ।
संघले सञ्चालन गरेको मार्टमा आफ्नै उत्पादनका दुग्ध जन्य वस्तुहरूको उपलब्ध हुँदै आएको छ । दूध, दही, पनिर, चिज, मोही, नौनी, घ्यूजस्ता वस्तु उपलब्ध हुँदै आएको छ । संघले आफ्नो उत्पादनलाई बजारीकरण गर्नका लागि दुग्धजन्य वस्तुको उत्पादन गर्दै आएको हो । संघले रत्ननगरमा रहेको आफ्नै उद्योगमा उत्पादित बिक्री वितरण गर्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया