मुगुमा खसीको मूल्य घट्दा भेडापालक किसान निराश
मुगु – हिमाली जिल्ला मुगुमा भेडा तथा बाख्रापालनको उत्पादन बढ्दै गए पनि बजारमा खशीको मूल्य घटेपछि किसान निराश बनेका छन्। जिल्लामा आर्थिक बर्ष २०८२/०८३ काे तथ्याङ्क अनुसार भेडा ३० हजार २ सय ७७ र बाख्रा ७२ हजार २ सय ३९ गरि कुल १ लाख २ हजार ५१६ वटा रहेको भेटनरी तथा पशु अस्पताल कार्यालय मुगुले जनएकाे छ।
कार्यालय प्रमुख भिमचन्द्र बुढा का अनुसार पछिल्लो समय जिल्लामा खशीको उत्पादन बढ्दै गएको भए पनि माग घट्दा मूल्यमा उल्लेख्य गिरावट आएको हो।
उनका अनुसार केही वर्षअघिसम्म एउटा खशीको न्यूनतम मूल्य २० हजार रुपैयाँसम्म पर्ने गरेकोमा अहिले सोही खशी १२ हजार रुपैयाँमै बिक्री गर्नुपर्ने अवस्था आएको छ। “उत्पादन बढेको छ, तर बजारमा माग घटेकाले किसानले उचित मूल्य पाउन सकेका छैनन्,” प्रमुख बुढाले बताए।
मुगुका ग्रामीण क्षेत्रमा परम्परागत रूपमा भेडा तथा बाख्रापालन मुख्य आयस्रोतका रूपमा रहँदै आएको छ। विशेषगरी हिमाली भेगका किसानले वर्षभरि चरन क्षेत्रमा पशुपालन गर्दै जीविकोपार्जन गर्दै आएका छन्। तर पछिल्लो समय खशीको मासु उपभोग गर्ने उपभोक्ताको संख्या घट्दै जाँदा किसान प्रत्यक्ष मारमा परेका छन्
स्थानीय भेडापालक किसानहरूले उत्पादन लागत बढ्दै गएको, बजार पहुँच कमजोर रहेको तथा उचित मूल्य नपाउँदा व्यवसाय टिकाउन कठिन भएको गुनासो गरेका छन्। यातायात, दाना तथा औषधिको खर्च बढे पनि बिक्री मूल्य घट्दा किसानको आम्दानी प्रभावित बनेको उनीहरूको भनाइ छ।
पशु सेवा कार्यालयका अनुसार जिल्लामा भेडा तथा बाख्रापालनलाई व्यवस्थित बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेका भए पनि बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न आवश्यक रहेको देखिएको छ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया