रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले वरिष्ठ नेता बालेन साहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
लामिछाने रास्वपाका संस्थापक सभापति हुन् । पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने समझदारी जुटेको थियो । केन्द्रीय समिति सदस्यका लागि अहिले उम्मेदवारी दर्ताको काम भइरहेको छ । बुधबार बिहान ९ बजेबाट मतदान सुरु हुनेछ ।
ताजा अपडेट
-
विष्णु पौडेलको पक्राउ विधिको शासन र कानुनी राज्यको खिलाफमा रहेको एमालेको निष्कर्ष
-
विष्णु पौडेललाई सात दिन थुनामा राख्न अनुमति
-
रास्वपाको बन्दसत्रमा पेस भयो प्रदेशसभा खारेज गर्ने प्रस्ताव
-
रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
-
मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता


प्रतिक्रिया