तनावकाबीच इरानले यसरी गर्दैछ सर्वोच्च नेता खामेनेईको अन्त्येष्टि
काठमाडौँ । इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ ।
अली खामेनेईको सम्झनामा इरानको राजधानी तेहरानमा सार्वजनिक शोक र अन्त्येष्टि कार्यक्रम चलिरहेको छ ।
सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्यालीहरू आयोजना गरिने कार्यक्रम रहेको छ ।
घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्राङ्गणमा भेला भएका थिए ।
उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए । ८६ वर्षीय खामेनेईलाई गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलसँगको युद्ध सुरु भएको समयमा हवाई आक्रमणमा मारिएको थियो । उनले करिब ३७ वर्षसम्म इरानमा सर्वोच्च शक्ति प्रयोग गर्दै शासन गरेका थिए ।
ताजा अपडेट
-
घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
-
परराष्ट्र मन्त्रालयका १०० दिन: प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
-
सीआईबीको नाम दुरुपयोग गरी धम्कीपूर्ण इमेल पठाउने गिरोह सक्रिय, विश्वास नगर्न आग्रह
-
तनावकाबीच इरानले यसरी गर्दैछ सर्वोच्च नेता खामेनेईको अन्त्येष्टि
-
हर्मुज सुरक्षित बनाउन फ्रान्स–बेलायत सक्रिय, ओमानसँग सहकार्य


प्रतिक्रिया