तनावकाबीच इरानले यसरी गर्दैछ सर्वोच्च नेता खामेनेईको अन्त्येष्टि
काठमाडौँ । इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ ।
अली खामेनेईको सम्झनामा इरानको राजधानी तेहरानमा सार्वजनिक शोक र अन्त्येष्टि कार्यक्रम चलिरहेको छ ।
सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्यालीहरू आयोजना गरिने कार्यक्रम रहेको छ ।
घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्राङ्गणमा भेला भएका थिए ।
उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए । ८६ वर्षीय खामेनेईलाई गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलसँगको युद्ध सुरु भएको समयमा हवाई आक्रमणमा मारिएको थियो । उनले करिब ३७ वर्षसम्म इरानमा सर्वोच्च शक्ति प्रयोग गर्दै शासन गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया