कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र अद्यावधिकको समयसीमा थप गरेको छ । कांग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले नवीकरण र अद्यावधिकको समयसीमा साउन ३ गतेसम्म थप गरेको हो ।
यसअघि यही असार २० गतेसम्म कायम गरिएको थियो । तर, वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको भन्दै कांग्रेसले समयसीमा थप गरेको हो ।
क्रियाशील सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा कुनै समस्या वा गुनासो प्राप्त भएमा सो सम्बन्धमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने जनाइएको छ । उक्त सिफारिसका आधारमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकको आवश्यक व्यवस्था मिलाउने कांग्रेसले जनाएको छ ।
ताजा अपडेट
-
तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
-
यो विश्वकप मेरो अन्तिम हो तर आशा गर्छु भोलिको खेल अन्तिम हुने छैन : रोनाल्डो
-
गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


प्रतिक्रिया