NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २४ गते

पूर्व अर्थमन्त्री विष्णु पौडेलको हिरासत म्याद पुनः ५ दिन थपियो

विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि भइरहेको अनुसन्धानका लागि हिरासतको म्याद पुनः पाँच दिन थप गरेको छ।

अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार बुधबार न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा पाँच दिनको म्याद थप गर्ने आदेश दिएको हो।

यसअघि अदालतले १५ असारमा तीन दिन र १८ असारमा छ दिनको हिरासत अनुमति दिएको थियो। प्रारम्भिक रूपमा सात दिनको म्याद दिइएकोमा अनुसन्धानको आवश्यकता देखाउँदै पटक–पटक म्याद थप हुँदै आएको छ।

यसैबीच, सर्वोच्च अदालतले विष्णु पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनसमेत खारेज गरिसकेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेकाले विभागले थप अनुसन्धानका लागि म्याद विस्तारको माग गरेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष