NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १५ गते

वीरगञ्जमा फेरि निषेधाज्ञा जारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका चार क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी प्रतिमा चौक (बसपार्क बाइपास रोड), तिलावे पुल (पश्चिम), गण्डक चौक (उत्तर) र शङ्कराचार्य गेट (दक्षिण) क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन्।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको आदेशमा ती क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

प्रशासनले आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।

यसअघि पनि बिहीबार सोही समयावधिका लागि यही क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष