NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २० गते

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मुग्लिन। मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा आज बिहानदेखि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

सडकखण्डको चेनेज (२४+६५०) मा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको सडक डिभिजन भरतपुर जनाएको छ ।

पहिरो हटाउन सडक डिभिजनको उपकरण कार्यस्थलमा परिचालन गरिसकिएको र अवरुद्ध सडक खुलाउन तीव्र रूपमा काम भइरहेको जनाइएको छ । डिभिजनका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।

सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष