NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २५ गते

भारत र चीनका राजदूतसँग आज ‘वान टु वान’ वार्ता गर्दै प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै वार्ता गर्दै छन्।

प्रधानमन्त्री शाहले प्रधानमन्त्री नियुक्त भएको करिब चार महिनापछि पहिलोपटक राजदूतसँग ‘वान टु वान’ वार्ता गर्न लागेका हुन् । शाहले यसअघि कुनै पनि राजदूतसँग एकल भेट नगर्ने अडान लिएका थिए । सोहीअनुसार प्रधानमन्त्री शाहले सामूहिक भेटवार्तालाई जोड दिएका थिए । तर, अब उनले आजबाट वान टु वान वार्ता सुरु गर्न लागेका हुन् ।

प्रधानमन्त्री शाहले नेपालका छिमेकी दुई देश भारत र चीनका राजदूतसँग भेट वार्ता गर्ने तय भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार भेटको समय सार्वजनिक भएको छैन । तर, उनले पहिला भारतका राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने, त्यसपछि चीनका राजदूत चाङ माओमिङसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शाहले भोलि अमेरिकी राजदूतसँग भेट्ने कार्यतालिका तय भएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार यी भेटवार्ताको तयारी केही साताअघि नै भएको थियो । तर, बीचमा सुनसरी घटनापछि ढिला भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष