NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २५ गते

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पहिलो ‘वान–टु–वान’ भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच पहिलो ‘वान–टु–वान’ भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए।

प्रधानमन्त्री शाहले नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने तथा विकास र सहकार्यका क्षेत्रमा अघि बढ्ने विषयमा समेत कुराकानी भएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष