NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १० गते

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

 

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा भोलि (बिहीबार) बिहान ९ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएको छ ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठक सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने जानकारी प्रवक्ता खरेलले सामाजिक सञ्जालमार्फत दिएका छन्।

 

ताजा अपडेट

नेपालवाच विशेष