कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो। बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।
प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने जनाइएको छ।
ताजा अपडेट
-
बेजिब्रिज जोड्न अध्ययन हुँदैछ, ठाउँ उपयुक्त भए १५–२० दिनमा काम सकिन्छ
-
भोटेकोशी बाढी : रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
त्रिशूली–कोलनी क्षेत्रका सेल्टरमा खाना र पानीकाे अभाव
-
मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै


प्रतिक्रिया