भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय
काठमाडौं। सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।
आज बसेको समितिको बैठकले भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।
भदौ १७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा २०८३ भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा दलगत रूपमा धारणा राख्ने, सोही विषयमा विशेष प्रस्ताव पारित गर्ने र त्यसपछि क्रमशः कार्यभारअनुरूप सदनका बैठकहरू सञ्चालन गर्ने निर्णय भएको छ।
ताजा अपडेट
-
विपद्का बीच सरकारको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’
-
प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढी जलवायु परिवर्तनकै असर : प्रधानमन्त्री शाह
-
भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय
-
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन


प्रतिक्रिया