भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन
काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म १ हजार १२७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान ८ बजेसम्म फेला परेका शवमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्। यसबाहेक ४२७ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ। हालसम्म ९५ वटा शव परिवारलाई बुझाइएको छ भने ९११ वटा शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको पाइएको छ। प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार ४ हजार ८५८ जना अझै सम्पर्कमा आउन सकेका छैनन्।
त्यस्तै, थप १ हजार ३५० जना बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव संकलन तथा पहिचान र उद्धार कार्य जारी रहेको छ।
ताजा अपडेट
-
बाढीप्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगीलगायतको जोखिम छ
-
उद्धार र राहत प्रभावकारी बनाउन नसकेको सरकारलाई पूर्वसचिवका ७ सुझाव
-
भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
-
यस्तो छ आज कालीमाटीमा कृषि उपजको थोक मूल्य


प्रतिक्रिया