NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ३ गते

संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले संविधान राम्रो भए पनि यसको इमानदार र निरन्तर कार्यान्वयन नभए कागजमै सीमित हुने बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहमा उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र दण्डहीनताको अन्त्य सरकारको प्राथमिकता रहेको बताए।

उनले प्रशासनिक सुधार, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, राजनीतिक तटस्थता र योग्यताका आधारमा नियुक्ति प्रक्रियालाई अघि बढाइएको दाबी गरे। साथै, एआई र नवप्रवर्तनमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दै युवाले मागेको सुशासन प्रविधिको माध्यमबाट साकार पार्ने बताए।

ताजा अपडेट

नेपालवाच विशेष