अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
काठमाडौँ । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।
ताजा अपडेट
-
डोल्पामा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, सबै यात्रु सुरक्षित
-
एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना
-
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
-
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
-
महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री बालेन


प्रतिक्रिया