NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ८ गते

डोल्पामा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, सबै यात्रु सुरक्षित

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको एउटा पांग्रा खुस्किएको छ। नेपालगञ्जबाट १३ जना यात्रु लिएर उडेको जहाज आज बिहान करिब ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको दायाँतर्फको पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार जहाजमा सात जना विदेशी र छ जना नेपाली यात्रु सवार थिए । यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका थिए। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको उनले जानकारी दि

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजको पांग्रामा सामान्य समस्या देखिएको र घटनाबाट कुनै मानवीय क्षति नभएको बताइन्।

ताजा अपडेट

नेपालवाच विशेष