पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले महाराजगन्जस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो।
जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको जनाइएको छ। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विषयवस्तु भने हालसम्म सार्वजनिक गरिएको छैन।
जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। २०७८ फागुन १ गते उनीविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
उनीविरुद्धको महाभियोग प्रस्ताव पारित हुन सकेन। तर, निलम्बनपछि जबरा सर्वोच्च अदालतमा पुनः फर्किन पाएनन्।
ताजा अपडेट
-
बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
-
तिनाउले ६ घर बगायो, बस्ती जोखिममा
-
कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो
-
अविरल वर्षाले देशभरका मुख्य राजमार्ग तथा सडक अवरुद्ध
-
सेनाको निष्कर्षः जलविद्युतको पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय


प्रतिक्रिया