NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ११ गते

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा परिवारको जिम्मा

काठमाडौं – प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई परिवारको जिम्मा लगाएको छ।

महाराजगञ्जस्थित निवासबाट आइतबार बिहान नियन्त्रणमा लिइएका जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार अपराह्न परिवारको जिम्मा लगाएको हो।

आइतबार बिहान करिब ३ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको प्रहरी टोलीले जबरालाई निवासबाट टेकुस्थित कार्यालयमा ल्याएको थियो। प्रहरीले उनीमाथि सुरक्षा खतरा देखिएको भन्दै सुरक्षाका लागि कार्यालयमा ल्याइएको जनाएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार सामाजिक सञ्जालको डिस्कोर्डमा जबराको ज्यान लिने विषयमा समेत छलफल हुन थालेपछि सुरक्षा जोखिमलाई ध्यानमा राखेर उनलाई कार्यालय ल्याइएको थियो।

खड्काले जबरालाई पक्राउ नगरिएको स्पष्ट गर्दै घरमै सुरक्षा प्रदान गर्ने गरी परिवारको जिम्मा लगाइएको बताएका छन्।

जबराले २०७८ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।

महाअभियोग प्रस्ताव पारित हुन नसके पनि जबरा त्यसपछि सर्वोच्च अदालतमा पुनः फर्कन पाएनन्।

ताजा अपडेट

नेपालवाच विशेष