NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १२ गते

एनपीएल ३ : कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ– जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध जितका लागि १३३ रनको लक्ष्य पाएको छ।

नेपाल प्रिमियर लिग तेस्रो संस्करणको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो।

कर्णालीका लागि नन्दन यादव १२ बलमा ९ रन, पवन सर्राफ ३७ बलमा ३७ रन, सोमपाल कामी ५ बलमा १ रन बनाएर आउट भए। त्यसैगरी गुल्सन झा ९ बलमा १२ रन, अकबर अली २ बलमा १ रन, अरिफुल इस्लाम २९ बलमा ४३ रन, हुसेन तलात १३ बलमा ३ रन, दीपक डुम्रे ५ बलमा १३ रन र ओपनर मार्क वाट १ रनमै आउट भए।

बलिङतर्फ जनकपुरका कप्तान हरमित सिंहले ४ ओभरमा १ मेडनसहित २२ रन दिएर ३ विकेट लिए भने मोइन अली र राहुल यादवले समान २ विकेट झारे। ललित राजवंशीले पनि १ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। जेम्स निशम, आदित्य महता र अभिशेख तिवारीले भने विकेट लिन सकेनन्।

कर्णालीले ११ अतिरिक्त रन पाएको थियो। जनकपुरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

ताजा अपडेट

नेपालवाच विशेष