NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १२ गते

दुबईमा डीडीसीको घिउ निर्यात नियमित, तिहारअघि थप डेढ टन जाँदै

काठमाडौं: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दुबईमा घिउ निर्यातलाई नियमित बनाएको छ। पहिलो पटक परीक्षणका रूपमा गरिएको निर्यात सफल भई माग बढेपछि संस्थानले तिहारको अवसर पारेर थप डेढ टन घिउ पठाउने तयारी गरेको छ।

डीडीसीले भदौको पहिलो साता ६०० केजी घिउ निर्यात गर्दै दुबईको बजारमा प्रवेश गरेको थियो। उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि हालसम्म तीनवटा लटमा करिब तीन टन घिउ दुबई पठाइसकिएको छ। डीडीसीका महाप्रबन्धक डा. शरण कुमार पाण्डेका अनुसार मागका आधारमा निर्यात प्रक्रियालाई निरन्तरता दिइएको हो।

घिउसँगै डीडीसीले अन्य दुग्धजन्य उत्पादनहरूको पनि बजार परीक्षण सुरु गरेको छ। पाण्डेका अनुसार हाल ३०० देखि ४०० बट्टाको परिमाणमा रसबरी, लालमोहन, पेडा, छुर्पी र चिज हवाई मार्गमार्फत दुबई पठाइएको छ।

ढुवानी खर्च बढी भए पनि परीक्षणका लागि थोरै परिमाणमा हवाई मार्ग प्रयोग गरिएको संस्थानले जनाएको छ। भविष्यमा यी उत्पादनहरूको माग स्थापित भएपछि कन्टेनरमार्फत ठुलो परिमाणमा सस्तो लागतमा निर्यात गर्ने दीर्घकालीन योजना रहेको महाप्रबन्धक पाण्डेले बताए।

ताजा अपडेट

नेपालवाच विशेष