नेपाली कांग्रेसले तोक्यो १९ पदाधिकारीको वरीयता
काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीको वरीयता निर्धारण गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सो वरीयता तोकेको हो। बिहीबार पदाधिकारी र सदस्यहरूको शपथ ग्रहणपश्चात वरीयता क्रम सार्वजनिक गरिएको हो।
वरीयता सूचीअनुसार सभापति गगन थापा पहिलो स्थानमा छन्। दोस्रो वरीयतामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र तेस्रोमा महिला उपसभापति पुष्पा भुसाल रहेका छन्। चौथो र पाँचौँ वरीयतामा खुलातर्फबाट निर्वाचित उपसभापतिहरू क्रमशः डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य छन्। समावेशीतर्फबाट निर्वाचित उपसभापति विनोद चौधरी छैटौँ वरीयतामा रहेका छन्।
महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदय शमशेर राणा नवौँ वरीयतामा छन्। सहमहामन्त्रीहरूमध्ये बहादुर सिंह लामा १०औँ वरीयतामा रहेका छन्। त्यसैगरी, ११औँ देखि १९औँ वरीयतासम्म क्रमशः योगेन्द्र चौधरी, प्रकाश स्नेही रसाइली, जीवन शाही, अजय चौरासिया, आङ्गेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी र डा. फिरदोश आलम रहेका छन्।
ताजा अपडेट
-
कर्णाली याक्सको रोमाञ्चक जित, विराटनगर किंग्सको लगातार दोस्रो हार
-
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो
-
नेपाली कांग्रेसले तोक्यो १९ पदाधिकारीको वरीयता
-
नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि
-
मेची करिडोरको काम अलपत्र पार्ने ठेकेदारको ठेक्का रद्द


प्रतिक्रिया