NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १३ गते

कर्णाली याक्सको रोमाञ्चक जित, विराटनगर किंग्सको लगातार दोस्रो हार

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो।

विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले ५२ बलमा ९ छक्का र ३ चौकासहित सर्वाधिक ५२ रनको योगदान दिए। एन्जेलो म्याथ्युजले ३१ र आन्द्रे रसेलले २७ रन बनाए। बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाट र नन्दन यादवले एक-एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। उनले ३२ बलमा ३ छक्का र ३ चौकासहित अविजित ६२ रन बनाए। यस्तै, पवन सर्राफले ३६, अरिफुल इस्लामले ३२, गुलशनकुमार झाले अविजित २८ र दीपक डुम्रेले २० रनको योगदान दिए। विराटनगरका एन्जेलो म्याथ्युजले ३ विकेट लिए भने चारिथ असलंका, सन्दीप लामिछाने र प्रतिस जिसीले समान १ विकेट लिए।

यो हारसँगै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो पराजय भोगेको छ। यसअघि विराटनगर चितवन राइनोजसँग पराजित भएको थियो, भने कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो। मंसिर ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष