पाँच ओभरको खेलमा सुदूरपश्चिममाथि विराटनगरको ३५ रनको जित
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ।
वर्षाका कारण खेल पाँच ओभरमा झारिएको थियो। १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले ६ बलमा २८ रन, आरिफ शेखले ८ बलमा १७ रन र सैफ जैबले १० बलमा १७ रन जोडे।
कप्तान दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ रन मात्र बनाउन सके। विराटनगरका लागि आन्द्रे रसेल, रुपेश सिंह र एन्जेलो म्याथ्युजले समान एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो। विराटनगरका शहान जयसूर्याले ११ बलमा ३९ रन र लोकेश बमले १० बलमा २५ रन बनाए।
आन्द्रे रसेल १० बलमा २९ रन जोड्दै अविजित रहे। सुदूरपश्चिमका अविनाश बोहराले २ विकेट लिएका थिए।
ताजा अपडेट
-
शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार
-
२८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय आचार्य पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा चयन
-
पाँच ओभरको खेलमा सुदूरपश्चिममाथि विराटनगरको ३५ रनको जित
-
पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन
-
कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित


प्रतिक्रिया