NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २२ गते

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस मापन गरेको छ। महाशाखाका मौसमविद् माधवी सिग्देलका अनुसार आज बिहान ५:४५ बजे उक्त तापक्रम रेकर्ड गरिएको हो।

उपत्यकाको वास्तविक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिने महाशाखाले जनाएको छ। मौसमविद् सिग्देलका अनुसार बिहानको दोस्रो मापनमा तापक्रम केही घट्ने वा सोही अवस्थामा रहने सम्भावना छ।

शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष