२० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी २० कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीलाई न्यूनतम एक वर्ष ६ महिनादेखि अधिकतम दुई वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।
कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि सार्वजनिक निकायको खरिद तथा ठेक्कासम्बन्धी प्रक्रियामा भाग लिन पाउने छैनन्।
सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र जिम्मेवार बनाउन कानुनी व्यवस्थाअनुसार कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताजा अपडेट
-
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
-
२० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
-
तिहार र छठमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी
-
पशुपन्छीसँगको आत्मीयता चाडपर्वको सुन्दर पाटो: प्रधानमन्त्री शाह
-
जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप–३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी


प्रतिक्रिया