पशुपन्छीसँगको आत्मीयता चाडपर्वको सुन्दर पाटो: प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् । काग तिहार, धन्वन्तरी जयन्ती र कुकुर तिहारको अवसरमा शुभकामना दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले यमपञ्चकको पहिलो दिन कागलाई सम्मान गर्ने हाम्रो परम्पराले जीवहरूप्रतिको सहअस्तित्व र सद्भावलाई झल्काउने बताएका छन् । उनले प्राचीन कालमा कागलाई शुभ सन्देशवाहकका रूपमा लिइने र दही-भात खुवाएर यमराजसमक्ष शुभ सन्देश पुर्याउने कामना गर्ने प्रचलन रहेको स्मरण गरेका छन् ।
त्यस्तै, यमराजलाई न्यायको प्रतीकका रूपमा लिँदै उनले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई रक्षा गर्ने विश्वास रहेको उल्लेख गरेका छन् । धन्वन्तरी जयन्तीका अवसरमा उनले आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको स्मरण गर्दै सम्पूर्णमा निरोगी जीवनको कामना गरेका छन् ।
प्रधानमन्त्री शाहले कुकुर तिहारका सन्दर्भमा कुकुरलाई मानव सभ्यताको वफादार साथीका रूपमा चित्रण गरेका छन् । उनले भने, ‘घरको रखवारी गर्नेदेखि विभिन्न अनुसन्धान र उद्धार कार्यमा समेत मानिसलाई साथ दिने कुकुरप्रतिको प्रेम र कृतज्ञता प्रकट गर्ने यो दिनले हाम्रा अन्य जीवहरूप्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाओस् ।’ उनले यी पर्वहरूले समाजमा सुशासन र जनपक्षीय काम गर्नका लागि सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
ताजा अपडेट
-
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
-
२० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
-
तिहार र छठमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी
-
पशुपन्छीसँगको आत्मीयता चाडपर्वको सुन्दर पाटो: प्रधानमन्त्री शाह
-
जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप–३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी


प्रतिक्रिया