रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड
काठमाडौं: भाइटीका पर्वका अवसरमा आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शन गर्ने र टीका लगाउनेहरूको बिहानैदेखि चहलपहल बढेको छ। वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुल्ने भएकाले मन्दिर परिसरमा श्रद्धालुहरूको भीड लागेको हो।
हिन्दू परम्पराअनुसार दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीहरू यस मन्दिरमा पुगेर भाइटीका लगाउने गर्दछन्। यसका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट भक्तजनहरू मन्दिर पुग्ने गरेका छन्।
भाइटीकाका अवसरमा मन्दिर परिसरमा देखिएको चहलपहलले उल्लासमय वातावरण सिर्जना गरेको छ। दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयता साटासाट गर्दै मनाइने यस पर्वले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।


प्रतिक्रिया