NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २६ गते

भाइटीकाका अवसरमा प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। यमपञ्चकको अन्तिम दिन बुधबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री शाहले पौराणिक मान्यताअनुसार यमराज र उनकी बहिनी यमुनाबीचको प्रेम र सम्बन्धको प्रसङ्ग उल्लेख गरेका छन्। यमुनाको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको विश्वास रहेको उनले बताएका छन्।

भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै पूजा गर्ने तथा दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा दिएर आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उनले स्मरण गरेका छन्। भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना दिएका छन्।