NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २९ गते

गोरखाको धार्चेमा सुक्खा पहिरो, मानवीय क्षति भएन

काठमाडौं- गोरखाको धार्चे गाउँपालिका-१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा शनिबार बिहान भीषण सुक्खा पहिरो गएको छ। पहिरो गएको स्थान मानव बस्ती नभएको क्षेत्र भएकाले कुनै मानवीय वा भौतिक क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नेत्र प्रसाद शर्माका अनुसार पहिरोको प्रभाव बुढीगण्डकी नदीसम्म पुगेको छैन। उनले भने, ‘तल बुढीगण्डकी नदी भए पनि पहिरो त्यहाँसम्म नपुगेकाले नदी थुनिने अवस्था पनि छैन।’

ताजा अपडेट

नेपालवाच विशेष