साइबर तथा डिजिटल ठगीबारे उजुरी गर्न १२४७ नम्बर सार्वजनिक
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीका घटनाबारे उजुरी तथा गुनासो गर्न १२४७ नम्बर सार्वजनिक गरेको छ। सर्वसाधारणलाई तत्काल सम्बोधन गराउने उद्देश्यले उक्त हटलाइन नम्बर सञ्चालनमा ल्याइएको हो।
राष्ट्र बैङ्कका अनुसार प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्यूरोमा २४सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ। यस केन्द्रमा विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको छ।
सर्वसाधारणले अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटना भएमा १२४७ नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। ठगीमा परेका व्यक्तिहरूले तत्काल उक्त नम्बरमा सम्पर्क गरी केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन राष्ट्र बैङ्कले अनुरोध गरेको छ।
यसका साथै, कुनै पनि प्रकारको ठगीमा परेको खण्डमा आफ्नो बैङ्क, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तुरुन्त जानकारी गराउन पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ। यसले बैङ्क खाता तथा डिजिटल वालेटलाई सुरक्षित राख्न मद्दत पुग्ने बताइएको छ।
ताजा अपडेट
-
विद्युत खरिद सम्झौता नभएपछि प्राधिकरणले नयाँ बोलपत्र आह्वान गर्ने
-
सुक्खायामको बिजुली संकट टार्न भारतबाट १५० मेगावाट खरिद गर्ने तयारी
-
साइबर तथा डिजिटल ठगीबारे उजुरी गर्न १२४७ नम्बर सार्वजनिक
-
चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
-
चितुवा र दुम्सीको आतंकले किसान चिन्तित

प्रतिक्रिया