चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ। १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले सात विकेट गुमाएर अन्तिम ओभरको पाँचौँ बलमा जित हासिल गर्यो।
सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको ब्याटिङ निर्णायक रह्यो। उनले ४१ बलमा अर्धशतक पूरा गर्दै टोलीलाई जित नजिक पुर्याएका थिए। लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाए पनि रत्नायकेले धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई सम्हाले। अन्तिम ओभरमा जितका लागि चार रन आवश्यक रहेको अवस्थामा दीपक बोहराले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले ५१ बलमा ७१ रनको योगदान दिए। सुदूरपश्चिमका बलर स्कट कुगलेनले तीन र थरिन्दु रत्नायकेले दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इसन पाण्डेले एक-एक विकेट लिए।
जितसँगै सुदूरपश्चिम रोयल्सले अब उपाधिका लागि लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ।
ताजा अपडेट
-
विद्युत खरिद सम्झौता नभएपछि प्राधिकरणले नयाँ बोलपत्र आह्वान गर्ने
-
सुक्खायामको बिजुली संकट टार्न भारतबाट १५० मेगावाट खरिद गर्ने तयारी
-
साइबर तथा डिजिटल ठगीबारे उजुरी गर्न १२४७ नम्बर सार्वजनिक
-
चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
-
चितुवा र दुम्सीको आतंकले किसान चिन्तित

प्रतिक्रिया