नेपाल प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लामा नयाँ इन्चार्ज
काठमाडौं: नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सो निर्णय गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको सरुवामा १७ वटा जिल्लाका इन्चार्जहरु फेरिएका छन् । सरुवा सूचीअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीप कुमार गिरी र उदयपुरमा धर्मराज भण्डारीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, तनहुँमा नरेश राज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरन्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई पठाइएको छ । पर्सामा पवन कुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ ।
बर्दियामा बाल नरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहन बहादुर खाण र कैलालीमा यादव ढकालको सरुवा भएको छ । साथै, पाल्पामा रबिन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अयोध्या-जनकपुर रेल सेवा: सर्वसाधारणले कहिलेदेखि चढ्न पाउँछन् ?
-
एनपीएलमा होम एन्ड अवे प्रणालीबारे मन्त्रालय र फ्रेन्चाइजबीच छलफल
-
नेपाल प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लामा नयाँ इन्चार्ज
-
ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न
-
अयोध्याबाट जनकपुर आइपुग्यो सरयु-कमला एक्सप्रेस रेल

प्रतिक्रिया