झारफुक गरेर निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएका व्यक्ति पक्राउ
जुम्ला । झारफुक गरेर बिरामी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्ति पक्राउ परेका छन् ।
जुम्लाको गुठिचौर गाउँपालिका-१ की करिब १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरेर निको पार्ने भन्दै भिडियोमा देखिएका सोही स्थानका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मङ्सिर १२ गते दिउँसो १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
WinCity приложение: обзор и возможности
-
जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट
-
नेपाल मत्स्य समाजको नयाँ नेतृत्व चयन
-
शैक्षिक भ्रमणमा गएका बालक मर्स्याङ्दीमा बेपत्ता
-
मेदान्ता र किस्ट मेडिकल कलेजबिच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा

प्रतिक्रिया