कांग्रेस केन्द्रीय समिति बैठक पुस २८ गते बस्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिर्वतन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक बस्न लागेको हो ।
बैठकमा निर्वाचनपछिको समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुँदैछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया