चन्द्रागिरी हिल्सको अध्यक्षमा हेमराज ढकाल नियुक्त
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । पुस २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले अध्यक्षमा ढकाललाई आगामी चार वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।
सोही साधारण सभाले नयाँ संचालक समिति समेत गठन भएको छ । कम्पनीको पुस २१ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ संचालकहरु चयन भएका हुन् ।
कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा उमा विष्ट जिसी र प्रेमराज जोशी स्वतन्त्र संचालकमा रहेका छन् ।

ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया