४७ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४७.१५ अंक बढेर २२११.७६ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.६८ अंक र फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०५ अंक बढेको छ ।
सोमबार नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । आइतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएकोमा आज आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर खरिद बिक्री हुँदा पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ मा कारोबार भएको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ९३ अर्ब २१ करोड २६ लाख पुगेको छ ।
आज होटल तथा पर्यटन समूहको उपसूचक २३ दशमलव ९२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ६१ अंक र जीवन बीमा समूहको उपसूचक एक सय ७८ दशमलव ६७ अंकले बढेको छ ।
नेप्सेका अनुसार बैंकिङ समूह २९ दशमलव २२, विकास बैंक समूह एक सय २४ दशमलव २७, वित्त समूह ४९ दशमलव २४ र जलविद्युत् समूह एक सय २२ दशमलव ६१ अंकले बढेको छ । त्यस्तै लगानी समूह एक दशमलव ७६, उत्पादन समूह दुई दशमलव २६, लघुवित्त समूह नौ दशमलव ४९, म्युचुअल फन्ड समूह शून्य दशमलव २६, व्यापार समूह ७५ दशमलव ५८ अंक र अन्य समूह २९ दशमलव ६६ अंकले बढेको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत एक दर्जन कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । साथै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य तीन दशमलव ५७ प्रतिशत घटेको छ ।
आजको कारोबारमा रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रु २० करोड १७ लाख ६८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा न्यादी ग्रुप पावर कम्पनी लिमिटेड अगाडि छ । कम्पनीको पाँच लाख ६० हजार ४७ कित्ता शेयर कारोबार भएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया