प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । गत पुस १० गते राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त दाहालले संविधानअनुसार मंगलबार विश्वासको मत लिन लागेका हुन् ।
मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । गत मंसिर ४ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पहिलो पटक हिजोबाट अधिवेशन आरम्भ भएको थियो ।
दाहाल कांग्रेससँगको गठबन्धनबाट छुट्टिएर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलको समर्थनमा संविधानको धारा ७६(२) अनुसार गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान छ ।
प्रतिनिधिसभामा दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेका दल मात्र नभएर समर्थन नगरेका एकीकृत समाजवादीलगायतले समेत विश्वासको मत दिने भएका छन् । दाहाल गठबन्धनबाट अलग भएपछि हठात् सत्ताबाट बाहिरिन पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विश्वसको मत दिने वचन दिएका छन् । दाहाल सरकार ढाल्न कांग्रेस सक्रियतापूर्वक लागेको आरोपबीच देउवा लचक देखिएका हुन् ।
विश्वासको मत हासिल गर्न संसदका बहुमत सदस्यको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । राजनीतिमा कुनै नाटकीय परिवर्तन नआएको खण्डमा दाहालले आज सुविधाजनक विश्वासको मत हासिल गर्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया