५ वर्षीय बालकको हत्या आरोपितलाई जिउँदै जलाइयो
काठमाडौं । पाँच वर्षीय बालकको हत्या आरोपितलाई ढोलजान चिया बगानका मानिसहरुको भिडले जिउँदै जलाइदिएको छ । भारतीय राज्य आसामको रोहमोरिया प्रहरी चौकीको क्षेत्र अन्तर्गत पर्ने उक्त स्थानमा बच्चाको हत्या गरेको भन्दै शनिबार जलाएका हुन् ।
डिबु्रगढ सहरबाट करिब २५ किलोमिटरको दूरीमा रहेको चिया बगानमा घटना भएको हो । प्रहरीका अनुसार पाँच वर्षीय बालक उज्जवल मुरा साथीसँग खेल्न आरोपित सुनीति तान्तीको घर छेउ पुगेका थिए । त्यही क्रममा तान्ती आक्रोशित हुँदै बच्चाको घाँटी रेटेर हत्या गरे ।
घटनाबारे थाहा पाएपछि चिया बगानका मानिसहरु त्यहाँ जम्मा भए र उनीहरुले आरोपितलाई पक्राउ गरे । पक्राउपछि तान्तीलाई जिउँदै जलाएका थिए । प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया