तनहुँमा चार सय ३७ अपराधका उजुरी दर्ता
दमौली । तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् ।
घरेलु हिंसाका दुई सय १७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए । त्यस्तै आत्महत्याका ९८, भवितव्य ज्यानका ७९ र अन्य सार्वजनिक अपराधका ४७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक विष्टले बताए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा तनहुँमा चार सय १७ र आव २०७८/७८ मा तीन सय ९७ वटा अपराधका घटनामा उजुरी दर्ता भएको थियो ।
महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना रहेका छन् । त्यसबाहेक जबर्जस्ती करणी, जबर्जस्ती करणी प्रयास, बहुविवाह, बालविवाह, मानव बेचबिखन र बोक्सीको आरोपका घटना रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाविरुद्धका अपराध भएका छन् । परिवारका सदस्य, आफन्त, शिक्षक, नातेदार तथा छिमेकी नै महिला तथा बालबालिकाविरुद्धको अपराधका घटनामा संलग्न भएको प्रहरीको तथ्याङ्क छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल अपराध नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउँछन् । आपराधिक घटना तथा क्रियाकलापलाई न्यूनीकरण गरी समाजलाई शान्ति र सुव्यवस्थामा लैजान प्रहरी तथा स्थानीय प्रशासनलाई सबैले सहयोग गर्नुपर्ने उनले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया