डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ

काठमाडाैं । डेढ वर्षीया नाबालिककको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दर हरैचा नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । फागुन २७ गते मोरङको बेलबारीकी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीका अनुसार बालिकालाई शरिरमा चोट लागेको अवस्थामा साढे ६ बजेतिर मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७, गणेशपुरमा वनमारा, बयर घारीमा भेटिएकी थिइन्।
त्यसपछि उनलाई गछियास्थित स्थानीय अस्पतालमा लगिएको थियो । थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा भोलिपल्ट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकालाई घरमा एक्लै भएको देखेपछि बच्चालाई वनामारा झाडीमा पुर्याएर बलात्कार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया